राष्ट्र बैंकले अाज ५ अर्ब बजारमा पठाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले अाज ५ अर्ब बजारमा पठाउदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता कम भएपछि बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

केन्द्रीय बैंकले विकास ऋणपत्र सोझै खरिद बोलकबोलबाट बैंकिङ प्रणालीमा पैसा पठाउन लागेको हो ।अहिले बजारमा १९ अर्ब ९० करोड रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

 

यस्तै अन्तरबैंक ब्याजदर पनि बढेर ४.९७ प्रतिशत पुगेको छ । ५ प्रतिशत नाघेपछि यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउछ । बजारमा तरलताको व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले विभिन्न वित्तीय औजारको प्रयोग गरेर पैसा पठाउने गरेको छ ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार ०८:४२