युनिलिभर नेपालको खुदनाफा साढे १८ प्रतिशत घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

युनिलिभर नेपालको खुदनाफा साढे १८ प्रतिशत घट्यो



काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको खुदनाफा साढे १८ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको ६ महिनामा युनिलिभरले १५ करोड ३० लाख रुपैयाँ मात्र नाफा गरेको छ ।

गत आवको सोही अवधिमा उसले १८ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा आम्दानीमा पनि गिरावट आएको जानकारी दिएको छ ।

समीक्षा अवधिमा नाफा घटेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६६ रुपैयाँमा झरेको छ । गत वर्षको सोही अवधिमा २०४ रुपैयाँ थियो ।

यस्तै आम्दानी पनि घटेर १ अर्ब ५ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा युनिलिभरले १ अर्ब २१ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसबीचमा युनिलिभरको नाफा झण्डै १६ करोड रुपैयाँ घटेको छ ।

उत्पादित वस्तुको बिक्रीमा कमी आएपछि आम्दानी घटेको युनिलिभरले जनाएको छ । वितरण सञ्चाललाई अझ बढाई यो वर्ष नाफा बढाउने उसले जनाएको छ ।

प्रकाशित : २५ माघ २०७४, बिहीबार १०:१९