६ दशमलव ३२ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

६ दशमलव ३२ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ६ दशमलव ३२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५९ कमपनीको ६ लाख ७० हजार ५ सय ८९ कित्ता सेयरबाट २४ करोड ४२ लाख ६८ हजार ८ सय ३१ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ। आज इन्स्योरेन्स समुह ४० दशमलव २२ अंकले ओरालो लागेको छ । आज जलविधुत समुह २२ दशमलव ४५ अंकले,लघुवित्त समुह १२ दशमलव ७४ अंकले,विकास बैँक समुह ८ दशमलव ४६ अंकले,अन्य समुह ७ दशमलव ९८ अंकले,उतपादनमुलक समुह ५ दशमलव ५९ अंकले, होटल समुह ३ दशमलव ४ अंकले,बैँक समुह २ दशमलव ६७ अंकले र फाइनान्स समुह २ दशमलव ६२ अंकले ओरालो लागेको छ ।

प्रकाशित : २८ माघ २०७४, आईतवार १५:१४