ओरालो लाग्यो नेप्से,गुमाउनेमा बीमा समुह बढी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से,गुमाउनेमा बीमा समुह बढी



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ४ दशमलव ४२ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका ट्रेडिड. विकास बैँक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५६ कम्पनीको ६ लाख ८४ हजार २८ कित्ता सेयरबाट २४ करोड ६७ लाख ६ हजार ७ सय ८१ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ७३ दशमलव ०७ अंकले ओरालो लागेको छ। आज उतपादनमुलक समुह १४ दशमलव ६३ अंकले, होटल समुह ९ दशमलव २८ अंकले, लघुवित्त समुह ६ दशमलव ७ अंकले, बैँक समुह ४ अंकले  फाइनान्स समुह २ दशमलव १६ अंकले र जलविधुत समुह १ दशमलव ७४ अंकले ओरालो लागेको छ ।
आज सबै भन्दा धेरै विकास बैँक समुहले कमाएको छ । आज विकास बैँक समुह ६ दशमलव ७६ अंकले उकालो लागेको छ । आज टे«डिड. समुह ४ दशमलव ७२ अंकले र अन्य समुह ३ दशमलव ९९ अंकले उकालो लागेको छ ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १५:१९