जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यकः चन्द्रप्रसाद ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यकः चन्द्रप्रसाद ढकाल



लमजुङ्ग । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन् ।

जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पु¥याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए । लमजुङ्ग उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरे ।

लमजुङ्ग जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलश्रोतलाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे । ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना ब्यक्त गरे ।

प्रकाशित : २९ माघ २०७४, सोमबार १७:४६