सहकारी उत्पादन केन्द्रित हुनुपर्छः मन्त्री राना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी उत्पादन केन्द्रित हुनुपर्छः मन्त्री राना



काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाले सहकारीबाट औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बताएका छन् । हरित शान्ती समाज नेपालको दशौं तथा पिस ह्याण्डस बचत तथा ऋण सहकारी संस्थाको छैठौब संयुक्त वार्षिक साधारणसमा बोल्दै मन्त्री रानाले सहकारीबाट उत्पादनमा जोड दिनुपर्ने बताए ।

सहकारी तथा सहकारीका सदस्यले व्यवसायिक काममा लाग्न सके मात्र अर्थतन्त्र सबल बन्ने बताए । बचत तथा ऋणबाट आम्दानी लिन सक्नुपर्नेमा उनको जोड थियो । मन्त्री राणाले संबिधान निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सार्वजनिक गर्ने र प्रमाणीत गर्ने काम मात्र बाँकी छ’ उनले भने–‘संबिधानसभाले संबिधान जारी गर्न अलमलमा पर्नुहुदैँन ।

प्रदेश बिबाद कुटनीतिक तबरबाट हटाइनुपर्ने उनको भनाई थियो । सभासद् गणेशमान गुरुङले संबिधानपपछि आर्थिक एजेन्डा पहिलो प्राथमिकतामा पर्ने बताए । देश जटिल अवस्थामा पुगेको भन्दै उनले संयमित भएर संबिधान जारी गर्नुपर्ने बताए ।
अर्का सभासद् टेकु नेपालीले सहकारीले मानिस स्तर सुधार गर्न सघाउ पुर्याउने भएकाले सहकारीको विकासका लागि लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा सहकारीका अध्यक्षब दिपक भट्टले सहकारीले सामाजिक कार्यमा क्रियाशील भएको बताए । सो अवसरमा समाजमा उत्कृष्ट योगदान दिएको भन्दै रामचन्द्र कोइरालालाई सम्मान गरिएको थियो । साधारणसभाले सहकारीको नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ०७:४५