६ महिनाको अबधिमा औसत मुद्रास्फीति दर ३.५ प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ महिनाको अबधिमा औसत मुद्रास्फीति दर ३.५ प्रतिशत



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनाको अबधिमा औसत मुद्रास्फीति दर ३.५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०७४/७५ को लागि औसत उपभोक्ता मुद्रास्फीतिको लक्षित सीमा ७ प्रतिशत रहेकोमा ६ महिनामा साढे ३ प्रतिशत रहेको जनाइएको छ ।

राष्ट्र बैंकको अनुसार आन्तरिक उत्पानद तथा आपूर्ति व्यवस्थामा भएको सुधार, तरलता व्यवस्थापनमा अपनाइएको सजगता र छिमेकी मुलकमा समेत मुद्रास्फीति नियन्त्रित रहेको कारण मुद्रास्फीति न्यून रहेको हो । उक्त ६ महिनामा खाद्यको औसत मुद्रास्फीति दर १.५ प्रतिशत, गैर–खाद्यको ५.१ प्रतिशत रहेको बैंकले जनाएको छ । जबकी गए आर्थिक वर्ष सोही अबधिमा खाद्यको १.९ र गैर–खाद्यको ६.५ प्रतिशत मुद्रास्फीति रहेको थियो । समग्रमा गएको आर्थिक वर्ष सोही अबधिमा ४.५ प्रतिशत औसत मुद्रस्फीति दर रहेको जनाइएको छ ।

प्रकाशित : १ फाल्गुन २०७४, मंगलवार ०९:५६