सिद्धार्थ इन्स्योरेन्सले कति कमायाे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ इन्स्योरेन्सले कति कमायाे ?



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आवको ६ महिनामा ८ करोड ७८ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ८ करोड ३३ लाख नाफा कमाउन सफल भएको थियो । कम्पनीको जगेडा कोषमा ७ करोड ९० लाख रुपैंयाँ रहेको छ ।

सिद्धार्थले ७६ हजार ७ सय २१ बीमालेखबाट ८७ करोड १२ लाख बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुस मसान्त अवधीमा २ हजार ५ सय २८ वटा दावीका लागि ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ ।

सिद्धार्थको प्रति सेयर आम्दानी १३.६९ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १९२.७३ रुपैंयाँ रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७४, मंगलवार १२:०६