११ प्रतिशतभन्दा बढी ब्याज तोक्न बैंकर्स संघको यस्तो तयारी ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ प्रतिशतभन्दा बढी ब्याज तोक्न बैंकर्स संघको यस्तो तयारी ?



काठमाडाै । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ११ प्रतिशतभन्दा बढी ब्याज तोक्न समिति गठन गरेको छ। संघले संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाको नेतृत्वमा बैंकहरुलाई अप्ठेरो परेको अवस्थामा अलि कति बढी ब्याज तिरेर पैसा उठाउन छुट दिनका लागि समिति बनाएको हो।

बैंकरहरुले ११ प्रतिशत भन्दा बढी नदिन भनेर सहमति गरेपनि अप्ठ्यारो परिस्थितीका लागि ब्याज तोक्न समिति गठन गरेको हो। समितिले बैंकको आवश्यकता अनुसार ११ प्रतिशत भन्दा माथि कति दरसम्म ब्याज दिने भन्ने निर्णय गर्नेछ। सोहि अनुसार बैंकहरुले संस्थागत निक्षेपकर्तासंग बोलकबोल मार्फत पैसा उठाउन पाउनेछन।

संघले निक्षेपको ब्याजलाई धेरै माथि जान नदिन र बैंकहरुविच स्वच्छ प्रतिस्पर्धा गराउन ब्याजको दायरा निर्धारण गरेपनि बैंकहरुले त्यसको पालना गरेका छैनन।

प्रकाशित : १ फाल्गुन २०७४, मंगलवार १७:२०