हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकको आकर्षक नगद फिर्ता योजना



काठमाडौं । हिमालयन बैंक लि.ले आफ्ना ग्राहकवर्गहरुलाई आकर्षक नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डको माध्यमबाट सामानहरु खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् ।

यो योजनामा सहभागी हुन ग्राहकहरुले आफ्नो भिसा डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट नेपालका कुनै पनि पोइन्ट अफ सेल मेशिन वा अनलाइनबाट सामानहरु खरिद गर्नुपर्ने बैंकले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकले पोइन्ट अफ सेल मेशिनबाट सामान खरिद गर्दा ५% र अनलाइन बाट सामान खरिद गर्दा १०% सम्म नगद फिर्ता पाउने छन् । उक्त नगद फिर्ता योजनामा बैंकले ग्राहकहरुको खातामा नेपाली महिनाको अन्त्य नगद फिर्ता गर्ने बताएको छ ।

बैंकले मुलुक भर ९५ वटा भन्दा बढि एटिएम काउन्टरहरु र ३००० भन्दा बढि POS मेशिनहरु संचालनमा छन् । यो योजना कुनै पनि नेपाली अनलाईनबाट वा कुनै पनि बैंकको POS मेशिनहरुबाट सामान खरिद गर्दा लागु हुनेछ ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १४:२५