पुनर्बीमा कम्पनीमा कार्यालय सहायक देखि सदस्य सचिव सम्मकोे लागि आवेदन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुनर्बीमा कम्पनीमा कार्यालय सहायक देखि सदस्य सचिव सम्मकोे लागि आवेदन माग



काठमाडौँ। नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा २१ जना कर्मचारीको लागि आवेदन माग गरेको छ । आज गोरखापत्रमा सार्वजानिक सुचना नै जारी गरेर निकालिएको विज्ञापनमा स्वीपर श्रेणी विहिन देखि सदस्य सचिव सम्मको आवेदन माग गरिएको छ ।

कम्पनीले सीमित खुल्ला अन्तर्गत आठौं तहका लागि एक जना चार्टर्ड एकाउन्टेण्ट कम्पनी सदस्य सचिवको आवेदन माग गरेको छ । जसका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट  चार्टर्ड एकाउन्टेण्ट उत्तीर्ण गरेको तथा व्यवस्थापनमा स्नातकोत्तर गरेको हुनुपर्ने बताइएको छ । त्यस्तै छैंठौं तह अन्तर्गत पुनर्बीमा अधिकृतको लागि सीमित खुल्ला ३, खुल्ला तथा महिला ११ गरी ५ जनाको दरखास्त आव्हान गरिएको छ । जसका लागि आवेदकले मान्यताप्राप्त शिक्षणसंस्थाबाट व्यवस्थापन, जनप्रशासन तथा अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तरको उपाधी हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।

पाँचौ तह सहायक प्रथमका लागि ११ जनाको दरखास्त आव्हान गरेको कम्पनीले सीमित खुल्ला ६, खुल्ला ३ तथा महिला र जनजातिको लागि ११जना माग गरेको छ । चौथो तह सहायक द्धितीयको लागि पनि १ जना मागिएको छ । यी दुवैमा आवेदन दिन आवेदकले मान्यताप्राप्त शिक्षणसंस्थाबाट कम्तीमा स्नातकको उपाधी हासिल गरेको हुनुपर्ने छ ।

त्यस्तै श्रेणीविहिन सवारी चालक, श्रेणीविहिन कार्यालय सहयोगी र श्रेणीविहिन स्वीपर १ १ जनाको आवेदन माग गरेको छ । यी पदमा दरखास्त दिन एसएलसी उत्तीर्ण गरी सम्बन्धित काममा दक्ष हुनुपर्ने बताइएको छ ।
अन्य जानकारीको लागि कम्पनिको वेभसाइट www.nepalre.com.np मा हेर्नसक्नु हुनेछ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ११:२४