पञ्जाव नेशनल बैंकको झुठो खेतीले लगानीकर्ताको ३४ सय करोड डुब्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पञ्जाव नेशनल बैंकको झुठो खेतीले लगानीकर्ताको ३४ सय करोड डुब्यो



एजेन्सी । पञ्जाव नेशनल बैंकमा ठूलो रकमको झुठो कारोबार भएको कुरा सार्वजनिक भएपछि बुधबार भारतीय लगानीकर्ताको ३४ सय करोड भारतीय रुपैयाँ डुबेको छ ।

मुम्बाईस्थित पञ्जाव नेशनलको शाखाबाट ११ हजार ३६० करोडको झुठो कारोबार भए पछि उक्त बैंकको मात्रै नभएर समग्र शेयर बजारमा १५० अंकको गिरावट आएको छ । पञ्जाव नेशनलको कारोबारमा मात्रै ८ प्रशितले गिरावट आएको छ ।

 भारत सरकारद्वारा संचाललित पञ्जाव नेशनलसँग नेपालको एभरेष्ट बैंक लि.को पनि साझेदारी रहेको छ । भारतको शेयर बजारबाट प्राप्त सूचनाका अनुसार सो शाखाबाट यतिका मोटो रकम विदेशस्थिति अर्को बैंकलाई गैरकानुनी रुपमा पठाएको पाइएको हो ।

भारतको केन्द्रीय जाँच ब्यूरो(सिबीआई)का अधिकारका अनुसार भारतीय व्यापारी निरब मोदीका परिवार, भाइ तथा श्रीमतीको खाताबाट मात्रै २८० करोड भारु घोटला भएको भारतीय समाचार एजेन्सी पिटीआइले जनाएको छ । यसमा पञ्जाब नेसनल बैंकका कर्मचारीको मिलेमतोमा बैंकलाई घाटा पुर्याएको पिटीआइले जनाएको छ । मोदी परिवार डाइमण्ड आर युएस, सोलार एक्स्र्पोट र स्टेलर डाइमण्डका पार्नर हुन ।

प्रकाशित : २ फाल्गुन २०७४, बुधबार १९:३७