अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने



काठमाडौं ।  काठमाडौं प्याब्सनको आयोजनामा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएको छ । राष्ट्रिय नाँचघर जमलमा आगामी भाद्र २९ गते ११ बजेदेखि शुरु हुने प्रतियोगितामा मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्ने प्रस्तुती रहने बताइएको छ । मौलिक संस्कृतिको जगेर्ना नै राष्ट्रिय एकताको मेरुदण्ड हो भन्ने उद्देश्यका कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक रामहरि अधिकारीले बताए । नेपाल संसारकै संस्कृतिको धनी देश भएकोले तीज पर्व अब सबै जातजाती र समुदायको लागि लोकप्रिय सस्कृति र परम्पराको रुपमा स्थापित भैसकेको हुँदा महिला दिदीबहिनी र विद्यालयका छात्राहरुको बीचमा पनि सस्ंकारको रुपमा विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको प्याब्सन,काठमाडौंका अध्यक्ष थकिन कुमार गुरुङले बताए । यो संस्करण चौंथो भएको बताउदै अध्यक्ष गुरुङले काठमाडौ उपत्यकामा हाम्रै कारणले अहिले धेरै तीज विषेश नृत्य प्रतियोगिताहरु सञ्चालनमा आएको बताए ।

यस प्रतियोगिताले प्याब्सन,काठमाडौंमा आवद्घ सदस्य विद्यालयहरुमा नृत्य निर्देशकको रुपमा रोजगारीको अवसर प्रदान गरेको पनि उनले बताए । यस्ता खाले प्रतियोगिता नियमित गर्न सके यसले कला र संस्कृतिको विकासमा लागेका व्यक्तिहरुलाई प्रोत्साहन मिल्ने बताउदैं देशै भरि संस्थागत विद्यालयको लगानिमा कला र संस्कृतिको विकासमा अतुलनिय योगदान रहेको उनले बताए । करीव २ लाख ४२ हजार पाँचसय कुल खर्च लाग्ने यस प्रतियोगिताको प्याब्सन काठमाडौंको आन्तरिक स्रोत र केही शिक्षासंग सम्बन्धित संघसंस्थाको सहयोगमा सम्पन्न गरिने बताइएको छ । प्रथम १०,०००÷—द्वितिय ८,०००÷— तृतिय ५,०००÷— को लागि नगद पुरस्कार तलेजु प्रकाशनका सञ्चालक जयकिसन श्रेष्ठको प्रायोजन रहेको छ र दशौं स्थानसम्मलाई दिइने ट्रफीको लागि रु २३,५००÷— जेबेडी प्रकाशनका सञ्चालक जयपाल चौधरीको प्रायोजन रहेको बताइएको छ । उक्त कार्यक्रमको ११ः३० देखि माउन्टेन टेलिभिनमार्फत प्रत्यक्ष प्रशारण हुने जनाइएको छ । प्रथमदेखि तृतियसम्म नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिनेछ भने चौथौंदेखि दशौ स्थानसम्मका लागि ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार १०:२६