दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दक्षिण कोरियामा बेरोजगारको सङ्ख्या दश लाख



सोल । दक्षिण कोरियामा यस वर्षको जनवरीको एक तथ्यांकअनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । बेरोजगारहरुको यो सङ्ख्या यहाँको जनसंख्याको ३.७ प्रतिशत रहेको सरकारी प्रतिवेदनले देखाएको बुधबार जनाइएको छ ।

यो सङ्ख्या गतवर्ष सोही समयको तुलनामा १२ हजारले बढेको दक्षिण कोरियाको तथ्याङ्क विभागले जानकारी दिएको छ । जनवरी महिनामा रहेको ३.७ प्रतिशत बेरोजगारीको दर गएको वर्षको सुरुदेखि नै परिवर्तन भएको थिएन ।

तर १५ देखि १७ वर्षको उमेरका व्यक्तिमा ८.७ प्रतिशत रहेको यो सङ्ख्या जनवरीमा भने ०.१ प्रतिशतमा झरेको छ । गत वर्षको मे महिनामा आफ्नो कार्यालय सम्हाल्नु भएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले विशेषगरी युवायुवतीको बेरोजगारी दरलाई घटाउने प्रण गर्नुभएको थियो । सिन्हवा

यसै अनुसार नै देशमा युवा बेरोजगारहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा नै कमी आएको सरकारले दाबी गर्ने गरेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १०:५३