बजारमा भित्रियो माइक्रोम्याक्सको बोल्ट क्यु ३७० « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

बजारमा भित्रियो माइक्रोम्याक्सको बोल्ट क्यु ३७०



काठमाडौं। माइक्रोम्याक्सले एन्ड्रोइड ५ दशमलव १ ललिपपका साथमा ३७० नेपाली बजारमा भित्र्याएको छ । १ दशमलव २ गिगाहर्ज रहेको Octa Core Processor माइक्रोम्याक्सको यो स्मार्टफोनमा ५ एमपीको प्राइमेरी क्यामेरा भएकाले आफ्नो रोजाइको उत्कृष्ट तस्बिर खिच्न सकिने र २ एमपीको फ्रन्ट क्यामेराबाट भिडियो कल र सेल्फी खिच्न सकिने बताइएको छ । त्यस्तै ४ दशमलव  ५ इन्चको एचडी आईपिएसले बोल्ट क्यु ३७०लाई प्रयोगकर्ता अनुकुल बनाएको छ ।
बोल्ट क्यु ३७० मा १ जिबीको रेम र ८ जिबीको रोम भएकोले स्पेसको कहिले पनि चिन्ता गर्नु पर्दैन । साथै यसमा थ्रिजि भएकोले चाहेको बेलामा सजिलै आफन्तहरु संग सम्पर्क गर्न सकिने हुनाले, निराशको क्षण आउँदैन । फोनमा एचडी प्लेब्याक र रेकर्डिङ  पनि छ । यो फोन सक्तिशाली १६५० mब्ज को व्याट्री रहेको कम्पनीको भनाई छ ।

माइक्रोम्याक्स एउटा उत्कृष्ट इन्डियन ब्राण्ड हो, जसले छोटो समयमै विश्वको स्मार्टफोन बजारमा आफ्नो स्थान सुरक्षित पारेको छ । माइक्रोम्याक्स बलियो र आकर्षक भएकोले र संसारभरी यसको ग्राहक बढी रहेको छ बोल्ट क्यु ३७० मा विशेष किसिमका प्रोसेसिङ र अहिले बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको माइक्रोम्याक्सको बोल्ट क्यु ३७० मूल्य मात्र ८ हजार ७ सय ४५ तोकिएको छ ।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार ११:३२