एकैदिन ६२ लाख ८८ हजार ५ सय ९८ कित्ता सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकैदिन ६२ लाख ८८ हजार ५ सय ९८ कित्ता सेयर सूचीकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एकैदिन ६२ लाख ८८ हजार ५ सय ९८ कित्ता सेयर सूचीकृत भएको छ। बिहीबार जेविल्स फाइनान्स लिमिटेडको २८ लाख ८९ हजार ५ सय ६२ दशमलब ५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १९ लाख ७३ हजार ९ सय २८ कित्ता हकप्रद सेयर र ओरियन्टल होटलको १४ लाख २५ हजार १ सय ६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १५:३८