पुंजीबजारको बिस्तार गर्न राष्ट्र बैंक चुक्योःशेयर लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुंजीबजारको बिस्तार गर्न राष्ट्र बैंक चुक्योःशेयर लगानीकर्ता



काठमाडाै । नेपाल राष्ट्र बैंकले जारि गरेको अर्ध बार्षिक मौद्रिक समिक्षामा शेयरबजारको सुधारको बारेमा कुनै पनि बिषयलाई सम्बोधन नगरिएको भन्दै शेयर लगानीकर्ता संघ नेपालले त्यसको घोर बिरोध गरेको छ।

शेयर बजार सुधार तथा बिस्तारको प्रमुख निकाय राष्ट्र बैंक भएपनि शेयरबजारको हितमा हुने गरि मौद्रिक समिक्षामा कुनै पनि बिषयमा सम्बोधन नभएकोमा संघले आपत्ति जनाएको छ।

बजार बिस्तारका लागि पटक पटक राष्ट्र बैंकको ध्यानाकर्षण गराउदै आएको जानकारी गराउंदै लगानीकर्तासंघले पुंजीबजारको बिस्तार गर्न राष्ट्र बैंक चुकेको आरोप लगाएको छ।

शेयर कर्जाको सिमा बढाएर ७० प्रतिशत पुर्याउनु पर्ने, प्राथमिक पुंजीकोषबाट शेयरकर्जा दिंदा ४० प्रतिशतबाट १०० प्रतिशत पुर्याउन र १५० प्रतिशतबाट १०० प्रतिशत पुर्याउनु पर्ने लगायतका पुराना मागहरु तत्काल सम्बोधन गर्न संघले राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १५:५५