सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन, २३ लाख स्वाहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन, २३ लाख स्वाहा



जाजरकोट । करिब रु २३ लाख खर्चेर निर्माण गरिएको सिँचाइ योजना पाँच वर्ष नबित्दै प्रयोगविहीन भएको छ । नलगाड नगरपालिका–८ हल्चौरमा रहेको सिँचाइ योजना प्रयोगविहीन अवस्थामा छ । स्थानीय मुलाखोला मुहानबाट पानी ल्याई हल्चौर गाउँका ३०० भन्दा बढी घरधुरीलाई सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ योजना निर्माण गरिएको थियो ।

पाँच वर्ष नबित्दै हल्चौरका स्थानीयवासी सिँचाइ सुविधा उपभोग गर्नबाट वञ्चित भएका छन् । लिली हेल्पटासको आर्थिक सहयोगमा मुलाखोलाबाट पाइपमा पानी ल्याई हल्चौर गाउँमा पाँचवटा प्लास्टिक पोखरीमा पानी जम्मा गरी स्थानीयवासीलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले उक्त योजना निर्माण गरिएको थियो ।

अहिले प्लास्टिक पोखरीको नाम निसान नै नभएको स्थानीयवासी गोरखबहादुर विकले बताए । योजनाका पाइप चोरी हुँदा पोखरी माटोले पुरिएको छ ।

पोखरी वरिपरि काँडेतार लगाएर सुरक्षित गराउने योजना भए पनि उपभोक्ता समितिले काँडेतार नलगाउँदा पोखरी जोगाउन समस्या भएको स्थानीयवासीको भनाइ छ । अहिले पोखरीमात्र होइन, पोखरीमा प्रयोग भएका पाइपसमेत चोरी भएको उपभोक्ता बताउँछन् ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १६:०९