प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेश नं १ को उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत



विराटनगर / प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।

संसद्को आजको बैठकमा उनको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गरे ।

आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुख पोखरेललाई शपथ गराए । संसद्को अर्को बैठक यही फागुन १४ गते दिनको १ बजे बस्नेछ ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १६:१३