एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनश शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनश शेयर दिने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत बोनश शेयर दिने भएको छ । बिहीबार बसेको कम्पनीको १२ औं वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो ।

सभामा कम्पनीले २५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव साथै १.३१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव समेत पारित गरेको छ ।

एनएलजीले २५ प्रतिशतले हुन आउने १२ करोड ८० लाख ८१ हजार २५० रुपैयाँ र नगद लाभांश प्रयोजनका लागि ६७ लाख ४१ हजार ११६ रुपैयाँ दिनेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको बोनस र नगद लाभांश पाउने जनाइएको छ । हाल एनएलजीको चुक्ता पुँजी ५१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । २५ प्रतिशत बोनस शेयर वितरण पछि भने कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० हजार पुग्नेछ ।

प्रकाशित : ३ फाल्गुन २०७४, बिहीबार १७:१८