लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिस्पर्धा हुनुपर्छः चन्द्रप्रसाद ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लगानी भित्राउन प्रदेश प्रदेश बिचमा प्रतिस्पर्धा हुनुपर्छः चन्द्रप्रसाद ढकाल



दाङ्ग । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुक संघीय संरचनामा प्रवेश गरीसकेको र सबै प्रदेशको समानुपातीक आर्थिक विकास आवश्यक रहेकोले स्वदेशी विदेशी लगानी भित्राउन प्रदेश प्रदेशको बीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् ।

“उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास” भन्ने मुल नाराका साथ दाङ्ग उद्योग वाणिज्य संघको आयोजनामा बिहिबार घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरे ।

उपाध्यक्ष ढकालले छिमेकी मित्रराष्ट्र भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको स्मरण गर्दै त्यस्तै सबै प्रदेशहरुमा समुचित लगानी भित्राउन त्यस्तै प्रतिस्पर्धा नेपालमा पनि हुनु पर्ने बताए ।

एशियाकै दोस्रो ठूलो उपत्यका दाङ्गमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसंग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य संघ सदैव तयार रहेको बताए ।

प्रकाशित : ४ फाल्गुन २०७४, शुक्रबार १२:३८