प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेश नं ५ लाई अब्बल प्रदेशको रुपमा विकास गरिने मन्त्री चौधरी



नवलपरासी। प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश नं ५लाई देशकै उत्कृष्ट र अब्बल प्रदेशको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गगरेका छन् ।

नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) सुनवलस्थित शहीद विष्णु पाण्डेको शालिकमा माल्यार्पण कार्यक्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
प्रदेशलाई भौतिक पूर्वाधारको हिसाबले स्तरोन्नति गरी चौतर्फी विकास गर्दै देशकै नमूना र सवल प्रदेशको रुपमा विकास  गर्ने बताए । प्रदेश नं ५ का नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री चौधरी नवलपरासी – (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ बाट निर्वार्चित सदस्य हुन ।

प्रकाशित : ४ फाल्गुन २०७४, शुक्रबार १४:२०