‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘नारायणगढ–मुग्लिन सडकखण्डको म्याद थपिँदैन’

प्रकाशित मितिः १ असार २०७९



धादिङ । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको करार अवधि अब नथपिने बताएका छन् । तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।

प्रेस सेन्टर धादिङले अाइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आउनुभएको मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए ।

प्रकाशित : ६ फाल्गुन २०७४, आईतवार १४:५८