गौतमको संयोजकत्वमा युनियनको डिजिटल विभाग गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गौतमको संयोजकत्वमा युनियनको डिजिटल विभाग गठन



काठमाडौं  । नेपालमा अनलाईन पत्रकारिता व्यापक रुपमा फस्टाउन थालेको छ। यसै क्रममा अनलाईन पत्रकारलाई एकजुट गराउने साथै अनलाईन संचारमाध्यमहरुलाई व्यवस्थित र मर्यादित बनाउन सरकारलाई सहयोग पुर्‍याउने उदेश्यले लोकतान्त्रिक पत्रकारहरुको संस्था नेपाल प्रेस युनियन केन्द्रिय समितिले डिजिटल मिडिया विभाग गठन गरेको छ। असार अन्तिम साता धुलिखेलमा सम्पन्न केन्द्रिय समितिको बैठकले विभाग गठन गर्न भनी केन्द्रिय सदस्य युवराज गौतमलाई संयोजकको जिम्मेवारी दिएको छ।

गौतमको संयोजकत्वमा १५ सदस्यीय समिति समेत विस्तार गरिएको छ। जसको सह–संयोजकमा अनलाईन खबरका पुष्प दुलाल र सदस्य सचिबमा डेमोखबरका अक्कल कुँवर चयन भएका छन्। यस्तै, सदस्यमा नागरिक न्यूजडटकमका गिरीराज बाँस्कोटा, सहकारी खबरका काजी श्रेष्ठ, माइन्यूजका अर्जुन अधिकारी, फिल्मीजुमका बैकुण्ठराज पराजुली, एभिन्यूजकी सन्तोसी अधिकारी साथै सन्दीप योगी र सन्तोस श्रेष्ठ सदस्यमा चयन भएका छन्।

त्यस्तै गरी सेतोपाटीका चन्द्र काफ्ले, रिपब्लिकाडटकका सागर घिमिरे, उर्लाबारी पोष्टका हरि कोइराला, अन्नपूर्ण पोष्टका सहदेव चौधरी, टुडिखेल डटकमका भिषण राई सदस्यमा चयन भएका छन्।

विभागले चाँडै देशभरमा सञ्चालित अनलाईनका पत्रकारहरुलाई सहभागी गराएर बृहत राष्ट्रिय भेला गर्ने तयारी समेत थालेको प्रेस युनियनका केन्द्रिय सदस्य तथा डिजिटल मिडिया विभागका संयोजक गौतमले जानकारी दिए।

प्रकाशित : २६ भाद्र २०७२, शनिबार १२:१५