इन्भेष्टमेन्ट प्रालिका सञ्चालक पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

इन्भेष्टमेन्ट प्रालिका सञ्चालक पक्राउ



काठमाडौँ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत वित्तीय कारोवार गरेको सूचनाका आधारमा आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीका भीमप्रसाद चौधरी, श्याम पेशकार थारु, डिल्लीप्रसाद आचार्य, प्रकाश आचार्य र सुनिल गुरागाईं, मोरङका राजु शाह तथा संखुवासभाका चन्द्रबहादुर विक र अनिता विक छन् । ब्यूरोले पक्राउ परेकासँग बचतबुक, बैंक भौचर, पासबुक, कर्मचारी नियुक्तिको करारनामा, चेकबुक, अभिलेख फाइल, ल्यापटप, रजिष्ट्रर, पासबुकलगायत सामग्री र करोडौँ रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित : ७ फाल्गुन २०७४, सोमबार २१:५२