बन्लान त डा. युवराज खतिवडा अर्थमन्त्री ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्लान त डा. युवराज खतिवडा अर्थमन्त्री ?



काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेसँगै पूर्व गभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. खतिवडाले राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

खतिवडालाई दक्षिण एसियामै मौद्रिक नीतिका ज्ञाता मानिन्छ ।

 

खतिवडा बामपन्थी घोषणा पत्रका मस्यौदाकार समेत हुन् । खतिवडासँगै रामनारायण विडारी र बिमला पौडेललाई पनि राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ । खतिवडा गभर्नर पदबाट बिदा लिए देखि नै अर्थमन्त्री बन्ने दाउमा बाटो कुरेर बसेका छन ।

 

 बर्षसम्म अर्थतन्त्र सञ्चालन गर्नुपर्ने र घोषणा पत्रमा उल्लेख गरिएका महत्वकांक्षी योजना कार्यान्वयन गर्नुु पर्ने भएकाले खतिवडालाई अर्थमन्त्री बनाउनै पर्ने एमाले स्रोतको बुझाइ छ ।

प्रकाशित : ८ फाल्गुन २०७४, मंगलवार १२:५३