आरम्भकाे आइपिओ फागुन १५ गतेदेखि कहाँबाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरम्भकाे आइपिओ फागुन १५ गतेदेखि कहाँबाट दिने आवेदन ?



काठमाडाै । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) फागुन १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी गर्न लागेको आइपिओमा छिटोमा फागुन २१ र ढिलोमा २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आइपिओमा न्युनतम ५० देखि बढीमा १ हजार कित्तासम्मको माग राखी दरखास्त दिन पाइनेछ। कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात् ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्काशनको ५ प्रतिशत अर्थात् १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको आइपिओ निष्काशनपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ। आरम्भ माइक्रोफाइनान्सले जारी गर्न लागेको आइपिओमा एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं, संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा सि–आस्वामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ।  सि–आस्वामार्फत घरमै बसेर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।

प्रकाशित : ८ फाल्गुन २०७४, मंगलवार १३:००