कसले भन्छ पैसा रुखमा फल्दैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कसले भन्छ पैसा रुखमा फल्दैन ?



एजेन्सी। हामीले विभिन्न समयमा ‘पैसा रुखमा फल्छ र ?’ भन्ने गरेका छौं । फजुल खर्च गर्नेहरुलाई सम्झाउन हामीले यस्तो भन्ने गर्छौं । तर पैसा रुखमा फल्दैन भन्ने कुराको अपवादको रुपमा एउटा रुख छ । जसमा पूरै पैसा फलेका छन् ।

बेलायतमा रहेको यो रुखभरी पैसाका सिक्का छन् । पीक जिल्लामा रहेको यो रुख १७०० वर्ष पुरानो हो र यो रुखभरी हजारौंको संख्यामा सिक्का गाडिएका छन् ।

 

खास कुरा त के भने यहाँ बेलायती मात्रै होइन संसारका हरेक देशका सिक्का जडिएका छन् । यो रुखमा सिक्का लगाउँदा सुख शान्ति आउने र मनोकामना पूरा हुने विश्वास छ । यही कारण यहाँ संसारभरबाट आएका पर्यटकले सिक्का लगाउँछन् । वेल्स राज्यको पोर्टमोरियन गाउँमा भएको यो रुख चर्चित पर्यटकीय स्थल बनिसकेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७४, मंगलवार १८:३१