अचानक किन भेटे देउवालाई चिनियाँ उपमन्त्रीले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

अचानक किन भेटे देउवालाई चिनियाँ उपमन्त्रीले ?



काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् ।

बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा आज भएको भेटमा उहाँहरुबीच आपसी हित र सम्बन्धमा बारेमा विचार विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

 

भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक विपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए ।

सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बधाई दिँदै काँग्रेसका संस्थापक विपी कोइरालाको पालादेखि नै काँग्रेस र चीनबीचको सम्बन्धको स्मरण गर्नुभयो ।

उहाँले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र काँग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिनुभएको परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।

प्रकाशित : ८ फाल्गुन २०७४, मंगलवार १८:३५