प्राइम लाईफको हकप्रद फागुन २७ देखि निष्कासन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम लाईफको हकप्रद फागुन २७ देखि निष्कासन हुने



काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आगामी फागुन २७ गतेदेखि १ बराबर १.६ कित्ताको दरले हकप्रद सेयरको बिक्री खुलाउने भएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरमा ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद निश्कासन गर्न लागेको हो ।

इच्छुक सेयरधनीले २०७५ बैशाख २ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ ।

हाल  यो कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । १६० प्रतिशत हकप्रदको पूँजीकरणपछि चुक्तापूँजी बढेर १ अर्ब ५८ करोडको उचाईमा पुुगेको छ ।

कम्पनीको हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धको काम सिद्धार्थ क्यापिट लिमीटेडले गर्नेछ ।

इच्छुक सेयरधनीले प्राइम लाइफ इन्स्योरेन्सका सबै शाखा, सिद्धार्थ क्यापिटलको नक्सालस्थित मुख्य कार्यालय र आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्थाहरुबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७४, बुधबार ११:१२