फरवार्ड कम्युनिटीकाे चैत ४ गते पाँचौं साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फरवार्ड कम्युनिटीकाे चैत ४ गते पाँचौं साधारणसभा



काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चैत ४ गते पाँचौं साधारणसभा बोलाएको छ । लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो ।

फरवार्डको पुस २७ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २० करोडको ५० प्रतिशत (दश करोड रुपैयाँ) बोनस सेयर तथा १५ प्रतिशत नगद (तीन करोड रुपैयाँ) लाभांश गरि कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

पाँचौ बार्षिक साधारण सभाका लागि लघुवित्तले फागुन १७ गतेदेखि सेयरधनी किताब बन्द गर्ने भएकाले फागुन १६ गतेसम्म कायम रहेका लघुवित्तका सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

साधारण सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने तथा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन अनुसार सञ्चालक संख्या कायम गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समतिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेका छन् ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७४, बुधबार १२:५६