ज्योती लाइफ इन्स्योरेन्सले कसलाई तोक्यो बिक्री प्रबन्धक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योती लाइफ इन्स्योरेन्सले कसलाई तोक्यो बिक्री प्रबन्धक



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले साधारण शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धि सम्झौतापत्रमा बुधबार इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

इन्स्योरेन्सकाे माघ १० गते सम्पन्न पहिलो साधारणसभाले शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्येसंस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने भएको हो ।

गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले भदौ १९ गते सञ्चालनको अनुमति पाएको थियो । कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

४२ जना प्रबद्र्धक रहेको ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् । एनआईसी एसिया बैंक समेत प्रवद्र्धक रहेको कम्पनीको रजिस्टर्ड कार्यालय पोखरा, कास्की र प्रधान कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा रहेको छ ।

प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १२:११