ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से झिनो अंकले ओरालो लागेर बन्द भएको छ ।आज नेप्स ० दशमलव १ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन् । आज कारोबारमा आएका विकास बैँक, फाइनान्स,उतपादनमुलक र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १५७ कमपनीको १० लाख ८६ हजार ४१ कित्ता सेयरबाट ४२ करोड ५० लाख ७ हजार ९ सय४५ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ३४ दशमलव ६६ अंकले ओरालो लागेको छ। आज होटल समुह ९ दशमलव ९४ अंकले, लघुवित्त समुह ४ दशमलव ४८ अंकले, जलविधुत समुह ३ दशमलव १५ अंकले र बैँक समुह ० दशमलव ४१ अंकले ओरालो लागेको छ।
बिहिबार सबै भन्दा धेरै उतपादनमुलक समुहले कमाएको छ । आज उतपादनमुलक समुह ४१ दशमलव ५४ अंकले उकालो लागेको छ। आज अन्य समुह ५ दशमलव ०१ अंकले ,विकास बैँक समुह ३ दशमलव ०९ अंकले र फाइनान्स समुह ० दशमलव २८ अंकले उकालो लागेको छ ।

प्रकाशित : १० फाल्गुन २०७४, बिहीबार १५:२२