१२ दशमलव २५ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

१२ दशमलव २५ अंकले ओरालो लाग्यो नेप्से

प्रकाशित मितिः १ असार २०७९



काठमाडौँ । कारोबारको पहिलो दिन आज आइतबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स १२ दशमलव २५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबै समुहले गुमाएको छ । आज कारोबारमा आएका १४६ कम्पनीको ५ लाख २८ हजार ६ सय ४० कित्ता सेयरबाट २९ करोड १८ लाख १७ हजार १ सय ८ रुपैयाको कारोबार भएको छ।
आइतबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ४५ दशमलव २७ अंकले ओरालो लागेको छ। आज जलविधुत समुह १५ दशमलव ६७ अंकले, बैँक समुह १३ दशमलव ६५ अंकले, लघुवित्त समुह १२ दशमलव ९ अंकले, विकास बैँक समुह १० दशमलव ५ अंकले, उतपादनमुलक समुह ५ दशमलव ७३ अंकले, अन्य समुह ३ दशमलव ९७ अंकले र फाइनान्स समुह २ दशमलव ४३ अंकले ओरालो लागेको छ।
आज होटल समुह भने उकालो लागेको छ। आज होटल समुह १ दशमलव ७१ अंकले उकालो लागेको छ।

प्रकाशित : १३ फाल्गुन २०७४, आईतवार १५:२२