वातावरणीय कानून पालना नगर्ने ११ संस्थालाई कारबाही « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वातावरणीय कानून पालना नगर्ने ११ संस्थालाई कारबाही



काठमाडौँ । जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ ।

वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए । त्यस्ता संस्थालाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको उनले बताए।

मन्त्रालयले अाइतबार काठमाडौँको कलंकीस्थित नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौँ मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौँ अस्पताललाई प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) आवश्यक मापदण्ड नगरी सञ्चालन गरिएको निर्णय गर्दै कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ ।

त्यस्तै काठमाडौँकै सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौँ गेष्ट हाउस र द्वारिकाज होटल तथा काठमाडौँ दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योगलाई इआइए पालनामा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै जरिवाना गरिएको मन्त्रालयका प्रवक्ता लक्ष्मी बस्नेतले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित : १३ फाल्गुन २०७४, आईतवार २०:५०