पाल्पा महोत्सवमा एघार करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाल्पा महोत्सवमा एघार करोडको कारोबार



पाल्पा । पाल्पामा सञ्चालित पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ । यही फागुन ३ देखि १३ गतेसम्म सञ्चालित उक्त महोत्सवको करिब तीन लाख नागरिकले अवलोकन गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

उक्त महोत्सवमा ४६२ कक्ष राखिएको थियो । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा सञ्चालित सो महोत्सवले जिल्लाको पर्यटन क्षेत्रको विकासलाई सहयोग पुगेको श्रेष्ठले बताए । महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, सांकृतिकलगायत विकासमा टेवा पुगेको उनको भनाइ छ ।

प्रकाशित : १४ फाल्गुन २०७४, सोमबार १५:२३