पिस ह्याण्डस सहकारीको अध्यक्षमा गोविन्द गिरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पिस ह्याण्डस सहकारीको अध्यक्षमा गोविन्द गिरी



काठमाडौं। पिस ह्याण्डस बचत तथा ऋण सहकारी संस्थाको छैथौं साधारणसभाले गोविन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।govinda-giriसाधारणसभाले उपाध्यक्षमा सूर्यबहादुर भट्ट, सचिव खेम मरासिनी, कोषध्यक्ष खुमाकान्त लम्साल निर्वाचित भएका छन् ।
त्यस्तै सहकारीको सदस्यमा भरत लम्साल, पदमबहादुर क्षत्री, बसुन्धारा लम्साल निर्वाचित भएका छन् । सहकारीको लेखा समितिको संयोजकमा बिनोद लम्साल निर्वाचित भएका छन् । लेखा समितिको सदस्यमा विष्णुकुमार गिरी र सुरेन्द्र लम्साल निर्वाचित भएका छन् ।
त्यस्तै हरित शान्ती समाज नेपालको दशौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रमेश लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्ष नविनकुमार गिरी, सचिव खिम मरासिनी, कोषाध्यक्ष कपिल लम्साल सहसचिवमा पदमबहादुर क्षेत्री लगायत ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
यसैबीच सहकारीको साधारणसभा उद्घाटन अबवसरमा बोल्दै भूमिसुधार व्यवस्था मन्त्री दलबहादुर रानाले सहकारीबाट उत्पादनमा जोड दिनुपर्ने बताए । सहकारीबाट औद्योगिक क्षेत्रको स्थापना गर्न सके मात्र देशले आर्थिक प्रगति हाशिल गर्न सक्ने बताए ।
मन्त्री रानाले संबिधान निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सार्वजनिक गर्ने र प्रमाणीत गर्ने काम मात्र बाँकी छ’ उनले भने–‘संबिधानसभाले संबिधान जारी गर्न अलमलमा पर्नुहुदैँन । बचत तथा ऋणबाट आम्दानी लिन सक्नुपर्नेमा उनको जोड थियो । प्रदेश बिबाद कुटनीतिक तबरबाट हटाइनुपर्ने उनको भनाई थियो ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार ०३:३३