कर्णाली अब जैविक प्रदेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कर्णाली अब जैविक प्रदेश

प्रकाशित मितिः १ असार २०७९



सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णाली प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाइने बताए ।

पश्चिम सुर्खेतको बराहताल गाँउपालिकाको बड्डीचौरमा रहेको जनज्योति माविअन्तर्गत सञ्चालित प्राविधिक शिक्षाको कृषि र पशुसेवा कार्यक्रमको सोमबार अनुगमन तथा निरीक्षणपछि शिक्षक, विद्यार्थी र अभिभावकसँगको अन्तक्र्रियामा मन्त्री केसीले विद्यार्थीले उत्पादन गरेका सामग्रीलाई मन्त्रालयले व्यवस्थापन गर्ने बताए ।

त्यहाँ विद्यार्थीले विद्यालयबाट सहुलियतमा ऋण लिएर बाख्रापालन, गँड्यौलापालन, तरकारी खेती, कुखुरापालन, बंगुरपालन, च्याउ खेती, माछापालनलगायत व्यवसाय सञ्चालन गर्दै आएको विद्यालयका प्रअ नारायणप्रसाद सिग्देलले जानकारी िदए ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार ११:३१