बन्दले लोडसेडिङ बढ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बन्दले लोडसेडिङ बढ्ने



काठमाडौ । तराइमा भइरहेको बन्दका कारण हिँउदको समयमा लोडसेडिङ बढ्ने भएको छ । बन्दले गर्दा समयमै क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माणमा समस्या भएकाले हिउँदको समयमा लोडसेडिङ बढ्न सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले जानकारी दिए । ‘हामीले हिउँदको समयमा भारतबाट विजुली ल्याउनका लागि क्रस बोर्डर ट्रान्समिसन लाइन बनाइरहेका थियौं,’ नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले भने, ‘तर, बन्दले गर्दा निर्माण कार्य नै रोकिएको छ ।’


त्यस्तै, भुकम्पले क्षति पुर्याएका विभिन्न परियोजनाहरुबाट ९३ मेगावाट विजुली अझै उत्पादन हुन नसकेको पनि काप्mलेले जानकारी दिए ।
प्राधिकरणले हिउँदको समयमा लोडसेडिङ कम गर्नका लागि आगामी नोभेम्बर १ तारिखदेखि भारतबाट विद्युत् आयातको लागि सम्झौता गरेको थियो । तर, भारतबाट विजुली ल्याउनका लागि पहिला ट्रान्समिशन लाइन बनाउनुपर्ने भएकाले सम्झौता अनुरुप आयात गर्न नसकिने काफ्लेले जानकारी दिए । हाल भारतबाट २ सय ५० मेगावाट बिजुली आयात भइरहेको जानकारी दिँदै थप बिजुली आयात गर्न नसकिए लोडसेडिङ बढ्ने उनले बताए । प्राधिकरणले भारतबाट बिजुली आयातका लागि ढल्केबरदेखि भारतको मुजप्mफरपुरसम्म ट्रान्समिशन लाइन बनाइरहेको छ ।
गत बैशाखमा गएको शक्तिशाली भुकम्पका कारण प्राधिकरणले ट्रान्समिसन लाइन निर्माण प्रक्रिया अघि बढाउन सकेको थिएन । साथै, तराइ बन्दले गर्दा क्रस बोर्डर लाइन निर्माणमा झन ठूलो समस्या उत्पन्न भएको उनको भनाइ थियो । भुकम्पका कारण निर्माणाधिन प्रायःजसो ट्रान्समिशन लाइन बन्द भएका बसेका थिए । पछिल्लो समय केही ट्रान्समिशन लाइनको निर्माण कार्य अघि बढेको समेत उनले जानकारी दिए । ‘१२ वर्षअघिदेखि निर्माण रोकिएका ट्रान्समिसन लाइन निर्माणको काम पनि सुचारु भएको छ,’ त्यसैले आगामी दिनमा स्वदेशमै विद्युत उत्पादन हुन नसके पनि भारतबाट अझ बढी बिजुली आयात गर्न सकिन्छ,’ उनले भने ।
सेजनका अध्यक्ष गोकर्ण अवस्थीले मुलुकको आर्थिक उन्नतिका लागि ऊर्जा अत्यावश्यक पूर्वाधार भएकाले ठूला परियोजनामा निजी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले विशेष प्रयास थाल्नु पर्ने बताए ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार ११:४०