आरम्भ माइक्रोफाइनान्सकाे आइपिओ बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरम्भ माइक्रोफाइनान्सकाे आइपिओ बिक्री खुल्ला



काठमाडाै । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २ लाख ९४ हजार कित्ता आइपिओ निष्काशन गरेको हो।

कम्पनीले जारी गर्न लागेको आइपिओमा छिटोमा फागुन २१ र ढिलोमा २९ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीको आइपिओमा न्युनतम ५० देखि बढीमा १ हजार कित्तासम्मको माग राखी दरखास्त दिन पाइनेछ।

कम्पनीले कुल निष्काशनको ३ प्रतिशत अर्थात् ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्काशनको ५ प्रतिशत अर्थात् १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्याइएको छ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको आइपिओ निष्काशनपछि चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ।

कहाँबाट दिने आवेदन?
आरम्भ माइक्रोफाइनान्सले जारी गर्न लागेको आइपिओमा एनआइसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौं, संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा सि–आस्वामा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ।

सि–आस्वामार्फत घरमै बसेर अनलाइनबाट समेत आवेदन दिन सकिनेछ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार ११:३३