गैडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गैडाकोटमा अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला हुने



गैडाकोट । “धेरै हेरीयो राष्ट्रिय मेला, यसपाली हेरौं अन्तर्राष्ट्रिय मेला” भन्ने मुल नाराका साथ नवलपरासीको गैंडाकोटमा पहिलो पटक अन्तर्राष्ट्रिय लोक सांस्कृति मेला २०७४ हुन लागेको छ ।
सांस्कृतिक विविधताको आदान प्रदान र प्रचार प्रसारले नेपालको पर्यटनको विकासमा महत्वपूर्ण योगदान पू¥याउने विश्वासका साथ एभरेष्ट नेपाल कल्चरल ग्रुपले मेलाको आयोजना गरेको हो ।
मेलामा बंगलादेश, कोष्टारिका, स्टोनिया, ग्रिस, भारत, नेपाल, इन्डोनेशिया, ईजरायल, इटली, मलेसिया र टर्की गरि ११ देशका २०० भन्दा बढि कलाकार र नेपालका थुप्रै चर्चित कलाकारको सहभागीता रहने आयोजकले जनाएको छ ।
यही फागुन १८ गते काठमाण्डौमा उद्घाटन भई भक्तपुर, धादिङ्ग हुँदै २१ गते गैंडाकोटमा आएर समापन गर्ने तालिका बनाइएको मेला आयोजक समितिका निर्देशक दुर्गा रायमाझीले जानकारी दिनुभयो ।
मेलाको सह आयोजक सहयात्रा नेपालका अध्यक्ष समेत रहनु भएका रायमाझीले प्राकृतिक दृष्टिकोणले आकर्षक रहेको गैंडाकोटको नारायणी तिरमा हुन लागेको मेलाले गैंडाकोट—चितवन क्षेत्रको पर्यटन विकासमा कोसेढुंगा सावित हुने बताउनु भयो ।
मेला आयोजना गर्न स्थानीय जनप्रतिनिधिसहितका सरोकारवालाहरुको उल्लेख्य सहयोग रहेको मेलाका स्थानीय संयोजक दिपक खड्काले जानकारी दिनुभयो ।
आयोजक एभरेष्ट नेपाल कल्चरल ग्रुपले अहिले सम्म करिव ६५ भन्दा बढि देशमा नेपालको लोक संस्कृती प्रस्तुत गरिसकेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार १२:२२