नागरिक लगानी कोषमा सन्ध्याकालिन सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषमा सन्ध्याकालिन सेवा




काठमाडौ । नागरिक लगानी कोषले सन्ध्याकालिन सेवा सुरु गरेको छ । कोषले संचालन गर्दे आएको कर्मचारी वचत वृद्वि स्विकृत अवकास कोषका सहभागीलाई थप सेवा प्रवाह गर्ने उद्देस्यले सन्धाकालिन सेवा संचालन गरिएको हो । सो सेवा आइतवार देखी बिहीवार सम्म कोषमा आवद्ध सेवाग्राहीले बिहान १० बजेदेखी १ बजेसम्म राजिनामा÷अवकास सम्बधी भुक्तानी तथा सापटी फारम दर्ता गर्ने गरेकोमा अब उप्रान्त अपरान्ह ४ बजेसम्म दर्ता गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी शुक्रबारका दिन २ बजेसम्म राजीनामा÷अवकाश÷भुक्तानी तथा सापटी भुक्तानीको फारम दर्ता गर्ने गरेकोमा अब ४ बजे सम्म गर्ने व्यवस्था कोषले गरेको छ ।
साथै भुक्तानीको हकमा फारम दर्ता गरेकै दिनमा कोषले आइतवारदेखी बिहीबार ६ बजेसम्म तथा शुक्रबार अपरान्ह ४ बजेसम्म राजिनामा÷अबकास तथा सापटीको भुक्तानीको व्यवस्था मिलाइएको छ । यो सेवा सुचारु भएपछि करिव एक लाख ६६ हजार सेवाग्राहीले सुविधा पाउने कोषले अपेक्षा गरेको छ ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार ११:४८