के एल टावरमा बाइ वान गेट वान फ्रिसँगै सुरु भयो मोबाइल एक्सचेञ्ज अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

के एल टावरमा बाइ वान गेट वान फ्रिसँगै सुरु भयो मोबाइल एक्सचेञ्ज अफर



काठमाडौ । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा अब नयाँ मोबाइलसँग बिग्रेको पुरानो मोबाइल साट्न पाइने भएको छ । यस अघि एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा बितरण गरिरहेको मोबाइल हबले मोबाइल एक्सचेञ्ज अफर सुरु गरेको हो ।

मोबाइल हबले अहिले सञ्चालन भैरहेको मोबाइल मेलाको अवधि एक साता थप्दै यस्तो अफर ल्याएको हो । मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरका अनुसार ग्राहकले जस्तो सुकै बिग्रेको मोबाइल भए पनि मुल्यांकन गराएर नयाँ मोबाइल खरिद गर्न सक्नेछन् । मोबाइल हबमा उपलब्ध कुनै पनि ब्राण्डका मोबाइलसँग ग्राहकले आफ्नो पुरानो मोबाइल साट्न सक्ने उनले बताए ।

यसका साथै हबमा मेला अवधिमा मोबाइल किन्नेहरुले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा पाउने अफर पनि सञ्चालन भैरहेको छ । मेला अवधिभर विश्व बजारका चर्चित ब्राण्डका मोबाइलहरु अहिलेसम्मकै सस्तो मूल्यमा किन्न पाइने छ ।

बाइ वान गेट वान फ्रि तथा एक्सचेञ्ज अफरसँगै मोबाइल हबले फागुन २६ गते हुन गइरहेको सलमान खान सहितका बलिउड स्टारहरुको कार्यक्रमको प्रवेश पास निशुल्क उपलब्ध गराउने छ । के एल मोबाइल हबका साथै सिटिभि मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सिटिसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको प्रवेश पास सित्तैंमा प्राप्त गर्ने छन् ।
हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित अफर भित्र पनि अफर नामको मोबाइल मेलाको अवधि एक साता थप भएसँगै फागुन २३ गते बुधबारसम्म मेला सञ्चालन हुनेछ ।

मेला अवधिमा गल्फ खेलेर, फोटो कन्टेस्टमा सहभागि भएर पनि ग्राहकहरुले आईफोन, ओप्पो एफ ५, भिभोको भि ७ लगायतका मोबाइल सित्तैंमा पाउने छन् ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार १८:००