तरलता अभावको समस्या समाधान गर्न व्यवसायीको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तरलता अभावको समस्या समाधान गर्न व्यवसायीको माग



काठमाडौं । व्यवसायीहरुले  लगानी योग्य पुँजी (तरलता)को अभाव हटाउन  माग गरेका छन्  । मंगलबार नेपाल उद्योग बाणिज्य महासंघका प्रतिनिधीहरुले अर्थमन्त्री डा युवराज  खतिवडालाई भेटी सो अाग्रह गरेका हुन् । भेटमा  बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लगानी योग्य पुँजी अभावको समस्या समाधान उपाय खोज्न अाग्रह गरेका  थिए ।

छलफल पछि कुरा गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी योग्य पुँजी अभावका बारेमा नेपाल राष्ट्र बैंकसँग कुरा गर्ने बताएका छन् ।

भेटघाट तथा छलफल कार्यक्रममा  उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र लाल प्रधान लगाएतले पुँजी अभावको समास्या बारे जानकारी गराएका थिए ।

 

 

 

 

 

 

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार १८:२३