निर्वाचन पछि नेपालमा लगानीको सुरक्षित वातावरण बन्दै छः चेम्बर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्वाचन पछि नेपालमा लगानीको सुरक्षित वातावरण बन्दै छः चेम्बर



नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीका लागि आग्रह गरेका छन् । नेपाल चेम्वर अफ कमर्सले पोल्याण्डका राजदूत एडन बुराकोस्की को स्वागतमा मंगलबार चेम्वर भबन कान्तिपथमा गरेको स्वागत कार्यक्रममा अध्यक्ष श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँंगै नेपालमा लगानीको सुरक्षित वातावरण बनेको जानकारी दिए ।

 

नेपालको पर्यटन, उद्योगलगायतका क्षेत्र लगानीका लागि उपयुक्त हुनसक्ने उनले बताए । नेपालमा लगानीको वातावरण बनाउन लगानी वोर्डसँंग पनि पटकपटक छलफल चलेको जानकारी दिंदै उहाँंले नेपालमा लगानी गरी दुवै देशको आर्थिक विकासमा योगदान दिन आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको आर्थिक विकासका लागि तत्पर रहेको जानकारी दिंदै उनंले नेपाल सरकारसँंग सहकार्य गरी अगाडि वढ्न आफूहरु तयार रही अगाडि वढिरहेको जानकारी गराए ।

 

पोल्याण्डका राजदूत बुराकोस्कीले नेपालसँंग सहकार्य गरी दुवै देशको आर्थिक विकासका लागि पोल्याण्ड तयार रहेको बताए । साथै उनंले दुई देशवीच विचार आदानप्रदान गरी अगाडि वढ्न पोल्याण्ड सरकार तप्पर रहेको पनि दोहयाए ।

कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षहरु कमलेश कुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, कार्यसमिति सदस्यहरु लोकमान्य गोल्छा, देवेन्द्रभक्त श्रेष्ठलगायत पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु सहभागी थिए ।

प्रकाशित : १५ फाल्गुन २०७४, मंगलवार १८:२२