सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो हस्पिटलबीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंक र भारतको एपोलो हस्पिटलबीच सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पिटल भारतबीच स्वास्थ्य सेवा उपलब्ध गराउने बारे सम्झौता भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र एपोलो हस्पिटलका प्रबन्धक निर्देशक अशोक बाजपाइले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी, कर्मचारी र तिनका परिवारले एपोलो हस्पिटलबाट सेवा लिदा १० प्रतिशत सम्म छुट पाउने छन् । हाल बैंकको तीन लाख भन्दा बढी ग्राहक, १५ हजार भन्दा बढी सेयरधनी, चार सय भन्दा बढी कर्मचारी कार्यरत छन् । यो सेवा लिनका लागि ग्राहकहरुले बैंकले प्रदान गर्ने भिसा डेविटकार्ड लिएको हुनुपर्ने छ ।

हस्पिटलको नेपाल स्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलमा सम्पर्क गर्न सक्ने छन् । र, उपचारका लागि जानका लागि अग्रिम समय लिएको खण्डमा ग्राहकहरुलाई बीमानस्थलबाट हस्पिटल र होटल सम्म यातायाताको सुविधा समेत पनि हस्पटलले प्रदान गर्ने छ ।
यो सम्झौताबाट भारतमा स्वास्थ्य सेवा लिने नेपालीहरुलाई थप सहज भएको बैंकले जनाएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १२:५२