नेपाल इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेण्ट बैंकको एकै दिन तीन नयाँ शाखा



काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले एकै दिन पर्वत, बैतडी र भोजपुरमा गरी तीन वटा शाखा विस्तार गरेको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) पुगेको छ ।

पर्वतको जलजला गाउपालिका, बैतडीको सुर्नया गाउपािलकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउपालिकास्थित तिवारी भन्ज्याङमा क्रमशः ६४औं, ६५औं र ६६औं शाखा विस्तार गरेको हो ।

पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५ वटा शाखा पुगेको छ ।

त्यस्तै बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ४ वटा शाखा पुगेको छ ।

यसैगरी भोजपुरको तिवारी भन्ज्याङसहित विर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ८ वटा शाखा पुगेको छ ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकले हाल ९८ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १३:०३