महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महालक्ष्मी विकास बैंकद्धारा विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान



काठमाडौं । महालक्ष्मी विकास बैंक लि. को मनहरी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय उच्च माध्यामिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले फागुन १४ गते राष्ट्रिय उच्च माध्यामिक विद्यालय कक्षा ११ मा अध्ययरत जेहेन्दार विद्यार्थी राजन खड्कालाई छात्रवृद्धी स्वरुप १५ हजार रुपैयाँ प्रदानगरेको हो ।

सोमबार एक कार्यक्रममा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शालिकराम वानिया, विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद पौडेल, मनहरी गा. पा वडा नं. ७ का वडा अध्यक्ष ठाकुर राम तितुङ्ग, मनहरी गाउँपालिका वडा नं. ७ का सदस्य, शेखर वर्तौलाको समेत उपस्थित रहेको थियो ।

यस कार्यक्रममा ब्यवस्थापन समितिका अध्यक्ष शालिक राम बानियांलेसमाजप्रति बैँकले आफ्नो दायित्व बोध गरी चालेको कदम स्वागत योग्य रहेको बताए ।

त्यसैगरि बैंकको नारायणगढ शहिदचोक शाखाले मिति फागुन १२ गते देवघाटधाम स्थित गलेश्वर आश्रम अन्तर्गतको वेदवेदाङ्ग विद्यालयलाई शैक्षिकतथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १३:३७