पाँचौ ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ थाईल्याण्डमा हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पाँचौ ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ थाईल्याण्डमा हुँदै



काठमाडौं ।पाँचौ ‘बक्सअफिस फिल्म फेयर अवार्ड’ यो पटक थाईल्याण्डमा हुँदैछ । आउँदो असोज २३ मा थाईल्याण्डको फुकेटमा हुने अवार्डको तयारीको लागी अहिले आयोजक टिम वक्स अफिस फिल्म क्लव मरिमेटेर लागेको छ । अवार्ड हुने दिन नजिकिँदै गर्दा अवार्ड भब्य र सभ्य बनाउनको आफुहरुको ध्यान केन्द्रित भएको आयोजकले जनाएको छ ।

तथा भूकम्पपछि नेपालको पर्यटन क्षेत्रको बारेमा फैलिएको प्रचारलाई गलत भन्दै नेपाली पर्यटकिय सम्पदाहरुको बारेमा सकारात्कम सन्देश दिनको लागी पनि यो पटक पर्यटकिय नगरी फुटेकमा अवार्ड आयोजना गर्न लागेको क्लवका अध्यक्ष आरके सुवेदीले बताए । अहिले अवार्डमा सहभागी हुने चलचित्रहरु जुरीले हेर्ने क्रम चलिरहेको उनले बताए । आयोजकले अवार्ड हुनु भन्दा एक हप्ता पहिले मात्रै अन्तिम मनोनयन सार्वजनिक गर्ने बताएको छ ।

यो अवार्ड अन्य अवार्ड भन्दा फरक मानिएको छ किनकी बक्सअफिस अवार्डमा यो बर्ष चलचित्र क्षेत्रका अभिन्न अंग मानिने हलहरु, टप वितरक, टप भिसिडी वितरण कम्पनि, उत्कृष्ट स्टुडियो लगायतका विधाहरु समेत समावेश छन् । अध्यक्ष सुवेदीले उल्लेखित विधाहरु विना चलचित्र र चलचित्र उद्योग अघी बढ्न नै नसक्ने भन्दै यी सबै विधाहरुलाई नसमेट्दा अपमान हुने ठहर सहित अवार्डमा समावेश गरेको दाबी गरे ।

अवार्डलाई सफल बनाउनको लागी थाइल्याण्डमा लामो समयदेखी बस्दै आएका ड्याङ लिम्बू, प्रभु गुरुङ, प्रितर गुरुङ, गोपाल घिमिरे, गोकुल गरागाईँ, हेमन्त लामा, तारामान राई, मिस्टर राई, तारा लामिछाने, सुविन राई, प्रेम दनाई, जीवन राई, पदम गुरुङ प्रिन्स गुरुङ, गीता घिमिरे, बाबा गुरागाई, अमला राई लगायत लागि परेका छन् ।

अवार्डमा १२१ वटा चलचित्रबीच ४१विधाको लागी प्रतिस्पर्धा हुनेछ ।  जहाँ ६ दर्जन बढी चलचित्रहरुको प्रतिनिधित्व हुने अध्यक्ष सुवेदीले बताए । देशमा हालै गएको विनाशकारी भूकम्प र त्यसका प्रत्यक्ष र दीर्घकालिन नोक्सान र डर त्रासलाई मेटाउँदै ‘नेपाल सेभ छ नेपाल घुम्न जाऔं, आन्तरिक र बाह्य पर्यटनमा टेवा पुर्याऔ’ भन्ने नारा अवार्डले बोकेको छ ।

प्रकाशित : २८ भाद्र २०७२, सोमबार १३:५४