संसद मोहन आचार्यको पहलमा बाटो निर्माण सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संसद मोहन आचार्यको पहलमा बाटो निर्माण सुरु



काठमाडाै । रसुवा जिल्ला कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाँउका बासिन्दाहरु यतिबेला खुशीले गद्गद् छन् ।

रसुवाबाट निर्वाचित सासंद मोहन आचार्यले आफ्नो व्यक्तिगत लगानीमा चित्रेपानी गाँउमा बाटो पुर्याए पछि चित्रेपानी बासिहरुको मुहारमा खुशी आएको हो ।

बर्षौ देखी बाटोको पर्खाईमा रहेका चित्रेपानी बासिहरुको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहाना सासंद मोहन आचार्यको विजयसँगै पुरा भएको छ ।

सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गराएर शुरु गरेका थिए ।

सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो भाग्यमानी बन्न पुगेका छन्।

सो अभियान अन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाटचित्रेपानी सम्मको करिव ४ किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न भएको छ ।

रसुवा जिल्लाको सबै गाँउमा ग्रामिण सडक सञ्जाल पुर्याउन सासंद आचार्यले व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर जिल्लालाई उपलव्घ गरेका थिए ।

रसुवा जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।

घर अगाडी मोटर बाटो आईपुग्दा भुकम्पबाट पिडीतहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानिय बासिहरुको भनाई छ। यसले पुनर्निर्माणमा संलग्न जनताहरुको ढुवानी लागत आघा घटाएको उनीहरुले बताए ।

अब दोश्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षे बाट पात्ले जोड्ने सडक खन्ने काम शुरु हुने छ। यो सडकको लम्बाई करिब २ किलोमिटर छ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १३:४७